किन नबनाउने कपिलवस्तुलाई नेपाल–भारतको साझा सम्पदा

बुद्धकालीन तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपालको प्रयास सफल भएन। गत जुलाईमा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को बैठकमा नेपालले यस्तो प्रस्ताव राखेको थियो। नेपालको प्रस्तावलाई युनेस्कोको द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (आइकोमस) अहिलेका लागि ‘स्थगन’ गर्ने निर्णय गर्‍यो। आफ्नो प्रस्ताव अस्वीकृत भएपछि नेपालमा निराशा छाउनु स्वाभाविक नै हो। […]