‘गर्छौ त भाइ गर्छौ?’ हरिसिंह ठकुरीले सोधे, ‘गर्ने भए महिनाको हजार रुप्पे दिन्छु क्यारे।’ नगर्नुपर्ने केही थिएन। आफ्नो धार्नीको मुन्टो तलमाथि हल्लाएर मैले गर्छुको जनाउ दिँदै भनेँ, ‘गर्ने हो दाइ, किन नगर्नु?’ काठमाडौँ ओर्लेको केही हप्तापछि मेरो जीवनमा हरि आएका थिए यसरी काम लिएर। र, म काठमाडौँमा महिनाको हजार रुपैयाँ कमाउने जागिरे भएको थिएँ। काम […]