सरकार, राजनीतिक दल र जेन-जीबीच ‘आइसब्रेक’

संसदीय निर्वाचन आउन चार महिनाभन्दा केही समय बढी रहँदा चुनावी माहोल निर्माणमा सरकार जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सरकार र राजनीतिक दलबीच संवाद सुरु भएपछि निर्वाचनको वातावरण बन्न थालेको थियो। २३ र २४ भदौको जेन-जी विद्रोहपछि सकसपूर्ण परिस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेका थिए। जेन-जी विद्रोहको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की […]