मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ गरिने भएको छ । सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन् । भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये ३.४४५ किलोमिटर लामो सुरुङ आज ‘ब्रेक थ्रु’ गरिन लागिएको […]