परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् । गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रुपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले […]