रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको मञ्च निर्माणसहित सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा अन्य संरचनाको काम गएराति ढिलासम्म निरन्तर रूपमा सञ्चालन गरी अन्तिम रूप दिइएको हो । नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च निर्माणका सबै […]