काठमाडौँ। धादिङ र गोरखा जिल्लालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले साविक पुलको गोरखातर्फको खण्ड बगाएपछि यातायात ठप्प बनेको थियो। नागरिकको सास्तीलाई ध्यानमा राख्दै सेनाले असोज ३१ गतेदेखि बेलीब्रिज जडानको काम सुरु गरी कात्तिक १ गते […]