सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?

सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसर भित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्र प्रयोग गर्ने अनुमति दिएसँगै उक्त क्षेत्रमा मन्त्रालय लैजानका लागि आवश्यक काम अगाडि बढीरहेको छ। यो क्षेत्र भनेको हाल सर्वोच्च अदालतको नयाँ बनिरहेको भवनको ठिक पछाडिपट्टि हो।