सम्पत्ति शुद्धीकरणविरुद्ध प्रमाणसहित बलियो मुद्दा तयार गरी तत्काल सम्पत्ति जफत गर्न अर्थमन्त्री खनालको जोड

महानिर्देशक ठाकुरले कूल गार्हस्थ्य उत्पादनको तीनदेखि पाँच प्रतिशतसम्म आतङ्ककारी गतिविधि र अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने जोखिम औँल्याउँदै नेपालको अर्थतन्त्र अझै नगदमा आधारित, अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो, आधुनिक प्रणालीको प्रभावकारी नियमन गर्न नसकिएको, दक्ष जनशक्ति र प्रविधिको अभाव तथा कानुनको प्रभावकारी कार्यान्वयन कमजोर हुनु समस्या रहेको उनले बताए ।