अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने इरानको अडान कायमै

एजेन्सी । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्धको क्षतिपूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सोही भनाइ सार्वजनिक भएको छ । […]