स्वास्थ्यमन्त्री मेहताले कर्मचारीलाई लगाएको गम्भीर आरोप झुटो साबित, जलेका गाडीका नाममा पेट्रोल नबाँडिएको पुष्टि

काठमाडौं- गत १५ वैशाखमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको सचिवालयले कर्मचारीहरूमाथि गम्भीर आरोपसहितको एउटा समाचार सार्वजनिक गर्‍यो । उक्त समाचार मन्त्री मेहताको ह्वाट्स एप ग्रुप हुँदै सनसनीपूर्ण बनेर सञ्चारमाध्यममा फैलियो । उक्त समाचारमा भनिएको थियो, ‘जलेका गाडीको नाममा इन्धन दुरूपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ।’ उक्त समाचारमा जलेका गाडीको सन्दर्भमा […]