राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद् पीडित नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा साइबर बुलिङ गर्ने आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभामा बोल्दै लामिछानेले सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक अधिकार भएको बताए। पीडितको चित्कारलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने छुट कसैलाई नभएको […]