नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ। भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए […]