नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा दशकौंदेखि सूचनाको अभाव र सीमित पारदर्शिता मुख्य कमजोरी रहँदै आएको छ। तथ्यांक र विवरणहरू गोप्य राख्ने प्रवृत्तिले एकातिर नीति निर्माणमा अवरोध पुर्याएको छ भने अर्को तर्फ स्रोतको दुरुपयोग र अनियमिततालाई पनि प्रश्रय दिएको छ।