कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१।६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जितसँगै उनले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल भएका छन् । उनले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी वाइनलाई पराजित गरेका हुन् । […]