बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण, संसदका कामकारबाही डिजिटल प्रणालीमा लैजाने

प्रतिनिधिसभा तथा संघीय संसद् सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यसहित बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअन्तर्गत हालसम्म भएको कार्यप्रगति र आगामी योजनाबारे जानकारी गराएको हो। सभामुख अर्यालको सचिवालयका अनुसार प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा […]