नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् । आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ का १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । […]