काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह-आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता २२ माघदेखि हुने भएको छ। विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौँ विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक गोकुल केसीले एक कार्यक्रमबीच सम्झौतापत्र आदान-प्रदान गरे। प्रतियोगितामा पाँच […]