जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर नेपाल प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको छ। प्रतिवेदनले तत्कालीन प्रहरी नेतृत्वलाई फौजदारी अपराध संहिता अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेको बाहिरिएपछि प्रहरी वृत्तमा असन्तुष्टि चुलिएको हो। जेन-जी आन्दोलनपछि ५ असोजमा सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। अन्य सदस्य पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक […]