देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कर्णालीका केही स्थान, कोशी, बागमती र लुम्बिनीका थोरै स्थान तथा मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई […]