नेपाल नेत्ररोग समाजका पूर्वअध्यक्ष डा. शम्भू लाखेको निधन
नेपाल नेत्ररोग समाजले जारी गरेको शोक सन्देशअनुसार डा. लाखेले सन् २००४ देखि २००६ सम्म समाजको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। उनले नेपालको नेत्ररोग चिकित्सा क्षेत्रको विकास तथा आँखा उपचार सेवाको उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।