काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा आज (सोमबार) भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको छ। भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराए। मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन […]