काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल सरकारको धारणालाई लिएर टिप्पणी गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्रमुखलाई सैन्य बल प्रयोग गरेर अपहरण गर्दा पनि केवल ‘नजिकबाट नियाल्ने’ भन्नु लाजमर्दो भएको टिप्पणी गरेका हुन् । भट्टराईले यस्तो निष्क्रियतालाई ’कसैलाई सबैको अगाडि कसैले बलात्कार गर्दा […]