धनकुटामा पनि गरियो फूलपाती बढाइँ

३१ असोज, धनकुटा । बडादशैंको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा शनिबार धनकुटाको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी फूलपाती बढाइँ गरिएको छ । मन्दिर परिसरबाट डोलीमा निशान भगवतीको निशान बोकेर बजार परिक्रमा गराउँदै …