रियाद, २२ कात्तिक । यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् । “किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै […]