काठमाडौँ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज (बुधबार) भएको खेलमा इन्डोनेसियासँग नेपाल २-१ ले पराजित भएको हो। पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित भयो। खेलको २०औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। अनीता बस्नेतको कर्नरमा विमला विकले डी-बक्सबाट हेड गरेकी थिइन्। तर […]