काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १३ देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ। सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णयसमेत गरिएको छ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका […]