विपद्पछिको बस्ती विकास: ‘राहत बाँड्ने परिपाटी छाडेर सार्वजनिक–निजी साझेदारीमा एकीकृत आवास’

काठमाडौँ, ४ असोज । बढ्दो प्राकृतिक विपद् र अव्यवस्थित सहरीकरणले हरेक वर्ष ठूलो जनधनको क्षति निम्त्याइरहेका बेला, सुरक्षित र एकीकृत बस्ती विकासका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी (पीपीपी मोडल) अपरिहार्य रहेको सरोकारवालाहरूले औंल्याएका छन्। विपद् आइसकेपछि उद्धार र राहतमा दौडिने सरकारी परिपाटीलाई अब जोखिम पहिचानसहितको दिगो पुनर्निर्माण र पूर्वतयारीले प्रतिस्थापन गर्नुपर्ने उनीहरूको निष्कर्ष […]