काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका दीपेश डङ्गोल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डङ्गोललाई नियन्त्रणमा लिएको […]