अमेरिका आउन चाहने व्यावसायिक वा पर्यटक भिसाका आवेदक विदेशी नागरिकहरूका लागि अमेरिकी विदेश मन्त्रालयले जुलाई १ बुधबारदेखि ‘प्रिमियम’ द्रुत सेवा ल्याउने भएको छ। यस सेवाका लागि आवेदकहरूले सुरुवाती १८५ डलरको भिसा शुल्कबाहेक थप ७५० अमेरिकी डलर बुझाउनुपर्नेछ। विदेश मन्त्रालयको ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत तोकिएका निश्चित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयहरूमा थप ७५० डलर तिरेको १० दिनभित्रै […]