संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उच्चस्तरीय प्रतिवेदनको मर्म विपरीत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्त्वको जिम्मेवारी कनिष्टलाई दिएको छ। क्यान नेतृत्व त्यही संस्थाभित्रका वरिष्ठद्वारा सम्हालिनुपर्ने प्रतिवेदनको सिफारिस बेवास्ता गर्दै मन्त्रालयले सहसचिव मुकेश डंगोललाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको हो। उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको नेतृत्व गरेका अनिलकुमार सिन्हाले बुझाएको प्रतिवेदन स्पष्ट रूपमा नेतृत्व क्यानमै […]