गौतमबुद्ध क्रिकेट रंगशालाको लागत साढे सात करोड बढ्यो, पुसको समयसीमाभित्र काम नसकिने

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सम्झौताअनुसारको समयमा सम्पन्न नहुने देखिएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सक्नुपर्नेमा हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ। यसबीच रंगशालाको ठेक्का लागत पनि सात करोड ७३ लाख ९३ हजार रुपैयाँले बढेको छ। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ […]