काठमाडौं। भारत लगेर गरिब तथा दलित नेपालीको मिर्गौला झिकेको आरोपमा पक्राउ परेका ६ जना व्यक्ति कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले आइतबार मिर्गौला झिकेको आरोप लागेका ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। कारागार चलान भएकामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का ३७ वर्षीय श्यामकृष्ण भण्डारी छन्। उनी दिल्लीमा बसेर नेपालीहरूको मिर्गौला झिक्ने गिरोहका नाइके […]