बिर्तामोड। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपीएफले २९ औँ मिनेटमा सविता रानामगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औँ मिनेटमा सरु लिम्बूले हेडर मिस गरेपछि […]