काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरेका हुन्। बाल क्यान्सर उपचार नि:शुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरूका लागि बेग्लै आइसियु वार्ड स्थापना गर्न निर्देशन दिएका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड […]