श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर परम्पराअनुसार नागको पूजा आराधना गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका […]