सुरुङ विज्ञ र डीएनए विशेषज्ञसहित भारतद्वारा चौथो चरणको सहायता सामाग्री तथा टोली परिचालन

काठमाडौँ । नेपालमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि भारत सरकारले उद्धार तथा राहत कार्यका लागि चौथो चरणको सहयोग परिचालन गरेको छ। भारतले अत्याधुनिक उपकरणसहित विशेषज्ञ प्राविधिक टोली नेपाल पठाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएकाले खोज तथा उद्धारका लागि भारतले ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ (सुरुङ प्राविधिक दस्ता) खटाएको हो। भारतका विदेशमन्त्री […]