हुङ्गा खोलामा पहिरोले खोला थुनिएपछि तटीय क्षेत्रमा सतर्कता

काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ स्थित हुङ्गा खोलामा करिब ३५ मिटर अग्लो पहिरो खसेर केही समय खोला थुनिएको छ।  जिल्ला प्रशासन कार्यालयले तल्लो तटीय क्षेत्रमा बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो जानकारीअनुसार खोलाको बहाव भने सुचारु भइसकेको छ।