काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले १२ वर्षपछि जित हात पारेको छ। लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित आफ्नो पोल्टामा पार्यो। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो। […]