काठमाडौँ। बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबिचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराएका थिए। उनले ऊर्जा व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा हासिल भएका उपलब्धि उल्लेख गर्दै यी क्षेत्रमा सहकार्य थप विस्तार […]