सधैँ उच्च जोखिम, पूर्वतयारीमा बेवास्ता

पछिल्लो एक दशकमा नेपालमा दुईवटा ठूलो भूकम्प गएका छन्। १२ वैशाख २०७२ मा गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको र १७ कातिक २०८० जाजरकोटको बारेकोट गाउँपालिकामा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। १४ जिल्लालाई अति प्रभावित बनाएको २०७२ सालको भूकम्प र त्यसका परकम्पबाट आठ हजार ७८९ जनाको ज्यान गएको थियो भने सात खर्ब रुपैयाँ बराबरको भौतिक […]