अब सट्टेबाजी कारोबार पनि ठूला कम्पनीतर्फ!

छोटो अवधिमा मूल्यको उतारचढावबाट नाफा कमाउने उद्देश्यले गरिने खरिद–बिक्री नै सट्टेबाजी कारोबार हो। कम चुक्ता पुँजी भएका वा आपूर्ति कम भएका सेयरमा धेरै हदसम्म सट्टेबाजी कारोबार सम्भव हुन्छ। यस्ता कम्पनीको सेयर मूल्य उच्चले उतारचढाव हुने भएकाले कारोबारमा कमाउने र गुमाउने दुवै धेरै हुने मानिन्छ।