काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी र शान्त धार अपनाएको बताएका छन्। बिहीबार मोरङ–६ स्थित सुन्दरहरैंचामा आयोजित कार्यक्रममा उनले पार्टी एकताका लागि सौम्य पक्ष रोजेको स्पष्ट पारे। प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै कोइरालाले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशनमा सहभागी नभएको […]