रास्वपाको अडान: ‘नोट चल्ने, भोट नचल्ने हुनुहुँदैन’, ५० लाख नेपालीको मताधिकारको लडाइँ बोक्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले विदेशमा रहेका लाखौं नेपालीहरूले पठाएको ‘नोट’ चल्ने तर उनीहरूले दिने ‘भोट’ नचल्ने अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।