गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा. टण्डन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान, सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतिविद् डा.गोविन्द टण्डनलाई नियुक्त गरेको छ । गुठी संस्थान ऐन, २०३३ को दफा ९ उपदफा १ को खण्ड (क) बमोजिम मन्त्री प्रतिभा रावलले आगामी तीन वर्षका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिए […]