केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित सदस्यबाटै राजीनामा दिएको घोषणा गरेका छन् । ११औँ महाधिवेशनमा कर्णाली भूगोल खुला केन्द्रीय सदस्यको उमेदवार बनेका विष्टले पराजित भएपछि राजीनामाको घोषणा गरेका हुन् । बिहीबार फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै उनले पार्टी नेतृत्व, कार्यशैली र हालको राजनीतिक दिशाप्रति असहमति जनाएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा […]