काठमाडौंका सुकुम्बासी बस्तीका २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने करिब २८ प्रतिशत महिलाले मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा नगर्ने गरेको एक अध्ययनले देखाएको छ। गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिने अधिकांश महिला सुत्केरीपछिको स्वास्थ्य परीक्षण (पीएनसी) सम्म नपुग्ने गरेको अध्ययनले औँल्याएको हो। त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले गरेको अध्ययनअनुसार ९२.२ प्रतिशत महिलाले कम्तीमा एक […]