बुढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी एम्बुलेन्सबाट अन्तै सारिए

गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न खटिएका छन्। आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा पुर्‍याउन गाउँपालिकाका सवारीसाधन, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गाडी तथा स्थानीय युवा क्लबहरूले सहयोग गरिरहेका छन्।