हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् […]