अमेरिका-चीन ‘व्यापार युद्ध’ मा राहत: ११५ प्रतिशत भन्सार शुल्क कटौतीको ९० दिने सहमति
अमेरिका र चीनले आपसी व्यापारमा गरिएका भन्सार महसुल (ट्यारिफ) ९० दिनका लागि घटाउने सहमति गरेका छन्। सोमबार जेनेभामा भएको वार्तापछि दुबै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै सो जानकारी दिएका हुन्।